खेलकुद विदेश

महत्वपूर्ण खेलमा आज बंगलादेशलाई नेपालको चुनौति

काठमाडौं, भदौ १०-साफ यु–१५ च्याम्पियनसिपतर्फ नेपालले आज निकै महत्वपूर्ण मानिएको खेलमा साविक विजेता बंगलादेशको सामना गर्दैछ।

कल्याणी स्टेडियममा दिनकौ ३:१५ बजेदेखि शुरु हुने नेपाल र बंगलादेशबीचको खेल नेपालका लागि अति महत्वपूर्ण छ। आफ्नो पहिलो खेलमा भारतसँग लज्जाजनक हार बेहोरेको नेपालले दोस्रो खेलमा श्रीलंकालाई हराउँदै फाइनल प्रवेशको सम्भावनालाई कायम राखेको थियो।

अंकतालिकामा २ खेलबाट ३ अंक जोडेको नेपाल तेस्रो स्थानमा छ। उता ६ अंक जोडेको बंगलादेश भने दोस्रो स्थानमा रहेको छ। समान अंक जोडेको आयोजक भारत भने गोलभिन्नताका आधारमा शिर्ष स्थानमा छ।

फाइनलमा प्रवेश गर्नका लागि नेपालले आज निश्चित जित निकाल्नु पर्नेछ। उता बंगलादेशलाई बराबरी गरे पनि प्रर्याप्त छ। नेपालले आज नतिजा आफ्नो पक्षमा पारे नेपालको पनि ६ अंक हुनेछ र फाइनल प्रवेशको सम्भावना थप कायम राख्नेछ।

दुवै टोलीले आजको खेलबाहेक थप एक–एक खेल खैल्न बाँकी छ। जसअन्तरगत आउँदो बिहीबार नेपालले प्रतियोगिताबाट बाहिरिसकेको भुटानको सामना गर्नेछ भने भारतले बंगलादेशससँग खेल्ने कार्यक्रम छ।

Featured