देश राजनीति

नेकपाले गर्यो प्रदेश २ का अध्यक्ष प्रभु साहको राजीनामा अस्वीकृत

काठमाडौं, भदौ १०-नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले प्रदेश २ का अध्यक्ष प्रभु साहको राजीनामा अस्वीकृत गरेको छ। काम गर्न असहयोग भएको भन्दै साहले केही दिनअघि अध्यक्ष प्रचण्डसमक्ष बुझाएको राजीनामा अस्वीकृत भएको हो।

नेकपाको सचिवालय बैठकले साहको राजीनामामाथि छलफल गर्दै उनलाई काममा फर्किन निर्देशन दिएको महासचिव विष्णु पौडेलले जानकारी दिए। साहले उठाएका विषयमा पार्टीको ध्यानाकर्षण भएको र उपयुक्त विधिबाट समाधान गरिने महासचिव पौडेलको बताए।

साहले रौतहटमा वरिष्ठ नेता माधवकुमार नेपालकै कारण पार्टी एकीकरणको काम हुन नसकेको आरोपसमेत लगाएका थिए। तर, रौतहटमै पूर्वमाओवादी पक्षका अशोक जयसवाललगायतका नेताले पत्रकार सम्मेलन गरी प्रभु साहले मनोमानी गरेकाले समानान्तर कमिटी बनाउने चेतावनी दिएका छन्।