देश राजनीति

सभामुखले बैठक सुरु गर्न ढिलाइ गरेपछि संसद् भवनबाट बाहिरिए प्रधानमन्त्री ओली

प्रतिनिधिसभाको बैठक सुरु हुन ढिलाइ भएपछि प्रधानमन्त्री केपी शर्मा ओली संसद् भवनबाट बाहिरिएका छन् । aआइतबार अपरान्ह चार बजेका लागि बोलाइएको पुनर्स्थापित प्रतिनिधिसभाको बैठक अझै सुरु हुन सकेको छैन । संसद बैठक सुरु गर्न सभामुख अग्निप्रसाद सापकोटालाई आग्रह गरेपनि बैठक सुरु गर्न ढिलाइ गरेपछि प्रधानमन्त्री ओलीले बालुवाटार फर्किएका हुन् ।

नेकपा ओली समूहका संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङले सभामुख सापकोटालाई संसद बैठक सुरु पटक–पटक आग्रह गरेपनि नमानेपछि प्रधानमन्त्री ओली फर्किएको बताए ।

‘हामीले सभामुखलाई संसद बैठक सुरु गर्न पटक–पटक आग्रह ग¥यौं । तर, उहाँले बैठक सुरु गर्न मान्नुभएन । त्यसपछि प्रधानमन्त्री ओली बालुवाटार फर्किनु भएको हो,’ उनले भने ।

Featured