देश

सुरुङमा पुरिएर २ जना मजदुरको मृत्यु

विराटनगर, २२ फागुन । ताप्लेजुङ मिक्वाखोला गाऊपालिका– २ स्थित सानिमा हाईड्रोपावरको सुरुङमार्ग खन्ने क्रममा ढुंगा र माटोले पुरिएर दुईजना मजदुरको मृत्यु भएको छ ।

मृत्यु हुनेमा भोजपुर ओख्रेसावु बस्ने २८ बर्षीय सन्तोष बानिया र उदयपुर पोखरी बस्ने २२ बर्षीय अम्बर बहादुर कामी रहेका छन् । आज दिउसो ३ बजे काम गरिरहेको अबस्थामा माथीबाट ढुंगा र माटो खसी किचेर उनिहरुको घटनास्थलमानै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जनाएको छ ।

Featured