देश

राष्ट्रपति भण्डारीले दिइन् मुस्कानलाई बधाई

राष्ट्रपति विद्यादेवी भण्डारीले मुस्कान खातुनलाई बधाइ दिएकी छन् । अमेरिकी सरकारले प्रदान गर्ने अन्तर्राष्ट्रिय साहसी महिला पुरस्कार पाएकामा खातुनलाई राष्ट्रपति भण्डारीले बधाई दिएकी हुन् ।

‘एसिड आक्रमणको असैह्य पीडालाई शक्तिमा बदल्दै यस जघन्य अपराधविरुद्ध कडा कानुन र सजायका लागि साहसिक अभियान सञ्चानल गर्ने किशोरी मुस्कान खातुनलाई हार्दिक बधाइ तथा अमेरिकी सरकारलाई धन्यवाद !’ उनले ट्विटमा उल्लेख गरेकी छन् ।

Featured