विदेश

नरेन्द्र मोदीले गल्ती गरेः इमरान खान

काठमाडौं, एजेन्सी, भदौ १०-पाकिस्तानका प्रधानमन्त्री इमरान खानले कश्मीर मामलामा राष्ट्रलाई सम्बोधन गरेका छन्। उनको सम्बोधनका मुख्य अंश बीबीसी हिन्दीले प्रकाशित गरेको छ जुन यसप्रकार छन्ः

१. आरएसएसले भारतलाई हिन्दु राष्ट्र बनाउन चाहन्छ र भारतले पनि आरएसएसकै पक्ष लिएर कश्मीर मामलामा कुरा गर्न पछि हटिरहेको छ।

२. नरेन्द्र मोदीको गल्तीका कारण कश्मीरीहरुले स्वतन्त्रताको एउटा ठूलो मौका पाएका छन्। भारतको यो कदमले कश्मीरको मुद्दा अन्तर्राष्ट्रिय मुद्दा बनेको छ।

३. सवा अर्ब मुसलमानले संयुक्त राष्ट्रले कश्मीरलाई मद्दत गर्छ कि गर्दैन भनेर हेरिरहेका छन्।

४. यदि यो मामला युद्धतर्फ उन्मुख हुन्छ भने दुबै मुलुक परमाणु शक्ति सम्पन्न मुलुक भएको याद गर्नुपर्छ। हामी कुनै पनि हदसम्म जानेछौं।

५. कश्मीरीहरु समस्यामा छन् र हामीले उनीहरुलाई सहयोग गर्नुपर्छ। म आफैंपनि कश्मीरको राजदूत बनेर संसार सामू उनीहरुको मुद्दा उठाउनेछु। २७ सेप्टेम्बरमा संयुक्त राष्ट्रमा संसारसामू कश्मीरको स्थितीबारे बताउनेछु।

६. म आएलगत्तै हिन्दुस्तानसँग कुरा गरेर कश्मीरको मुद्दा कुराकानीमार्फत् सुल्झाउने बताएको थिएँ। तर उनीहरुले नया कुरा सुरु गरिदिन्थे र पाकिस्तानमाथि कुनै न कुनै आरोप लगाउँथे। हामी सोच्यौं कि चुनाव आइरहेको छ त्यसकारण हामी पछि हट्यौं, त्यसपछि पुलवामा भयो। उनीहरुले यसका लागि हामीमाथि प्रत्यक्ष औंला उठाए।

७. हामीले सोच्यौं कि सायद चुनावपछि उनीहरु कुराकानीमा आउनेछन्। तर हामीले देख्यौं सक चुनावपछि उनीहरुले पाकिस्तानलाई प्रतिबन्ध गर्ने पुरा कोसिस गरे।

८. हिन्दुस्तानको सरकार संयुक्त राष्ट्रको प्रस्ताव, आफ्नो संविधान, नेहरुले जुन बचन दिएका थिए, ती सबका विरुद्ध गएको छ।

Featured