नेकपा प्रचण्ड–माधव समूहले संसदीय दलको बैठक बोलाएको छ । प्रधानमन्त्री केपी ओलीविरुद्ध दर्ता भएको अविश्वासको प्रस्तावमा छलफलका लागि संसदीय दलको बैठक बोलाइएको प्रचण्ड–माधव समूहकी नेतृ पम्फा भुसालले जानकारी दिइन् ।
भुसालका अनुसार दिउँसो १ बजे सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा बैठक बोलाइएको छ । प्रधानमन्त्री ओलीविरुद्ध प्रचण्ड–माधव समूहले यसअघि नै अविश्वासको प्रस्ताव दर्ता गराएको थियो । सो प्रस्ताव अघि बढाउने या फिर्ता लिएर अर्काे प्रक्रियामा अघि बढ्ने भन्ने विषयमा आजको बैठकमा छलफल हुने बताइएको छ ।
प्रतिक्रिया दिनुहोस