देश राजनीति

कांग्रेस संसदीय दलको बैठक शुक्रबार बस्ने

नेपाली कांग्रेसले संसदीय दलको बैठक बोलाएको छ । कांग्रेसले शुक्रबार दिउँसो १ बजे बस्ने गरी संसदीय दलको बैठक बोलाएको हो । बानेश्वरस्थित संघीय संसद् भवनको ल्होत्से हलमा बस्ने बैठकमा पुनर्स्थापित प्रतिनिधिसभाको बैठकमा कसरी प्रस्तुत हुने भन्ने विषयमा छलफल हुनेछ ।

२३ फागुनमा बस्ने प्रतिनिधिसभा बैठकमा कसरी प्रस्तुत हुने भन्ने विषयमा कांग्रेस संसदीय दलको बैठकमा छलफल हुने प्रमुख सचेतक बालकृष्ण खाँणले जानकारी दिए ।

५ पुसमा प्रधानमन्त्री केपी शर्मा ओलीले गरेको संसद् विघटनको निर्णय उल्ट्याउँदै सर्वोच्च अदालतले ११ फागुनमा संसद् पुनर्स्थापनाको फैसला सुनाएको थियो ।

संसद् पुनर्स्थापनासँगै १३ दिनभित्र संसद्को बैठक बोलाउन सर्वोच्चले जारी गरेको परमादेशसँगै सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले २३ फागुनका लागि संसद् अधिवेशन आह्वान गरेकी छिन् ।

Featured