देश

रवि लामिछाने राजनीतिमा आउने संकेत

चितवन, भदौ १०-टेलिभिजन कार्यक्रम प्रस्तोता रवि लामिछानेले राजनीतिमा आउने संकेत गरेका छन्। आफ्नो प्राथमिकता पत्रकारीता नै भएको बताउँदै उनले राजनीतिको विकल्प पनि खुला रहेको बताएका हुन्।

मंगलबार बिहान चितवनको एक होटलमा आयोजित पत्रकार सम्मेलनमा पत्रकार लामिछानेले राजनीतिमा आउने सम्भावनाबारे सोधिएका प्रश्नको उत्तर दिँदै आफु राजनीतिमा आउने सम्भावनाको ढोकामा ताल्चा नलागेको बताए। दुवै सञ्चारकर्मीले आफ्नो समर्थकहरुलाई धन्यवाद दिए। लामिछानेले आफूले गर्ने कार्यक्रम राजनीतिक नभई सर्वसाधारण जनताका पीडा-मर्मका विषयमा भएको भन्दै राजनीतिसँग जोडेर नहेर्न आग्रह समेत गरे।

पत्रकार शालिकराम पुडासैनीको आत्महत्या प्रकरणमा १० दिन हिरासतमा बसेका रवि सोमबार मात्रै ५ लाख धरौटीमा रिहा भएका हुन्। हिरासतको बसाइ नयाँ अनुभव भएको उनले बताए। हिरासतमा रहेका अन्य व्यक्तिहरुसँगको भेटमा उनीहरुलाई कसरी फसाइँदो रहेछ भनेर आफूले बुझ्न पाएको लामिछानेले बताए।

Featured