देश

सरकार र विप्लव समूहबीच वार्ता सुरु

सरकार र प्रतिबन्धित नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाबीच वार्ता सुरु भएको छ । स्रोतका अनुसार प्रधानमन्त्री निवास बालुवाटारमा सरकार र विप्लव समूहबीच वार्ता सुरु भएको हो ।

वार्ताका लागि सरकारले गृहमन्त्री रामबहादुर थापाको नेतृत्वमा प्रधानमन्त्रीका परराष्ट्र सल्लाहकार डा. राजन भट्टराई सदस्य रहेको वार्ताटोल गठन गरेको छ । त्यस्तै विप्लव समूहले खड्गबहादुर विश्वकर्माको संयोजकत्वमा उदय चलाउने सदस्य रहेको वार्ताटोली गठन गरेको छ ।

Featured