सभामुख अग्निप्रसाद सापकोटाले संसद् बैठकका लागि दलहरूसँग बुधबारबाट परामर्श सुरु गर्ने बताएका छन् । प्रतिनिधिसभाको बैठक कक्ष अवलोकनपछि मंगलबार सञ्चारकर्मीसँग कुराकानी गर्दै सापकोटाले बैठक सञ्चालनका निम्ति दलहरूसँग परामर्श सुरु गर्ने बताएका हुन् ।
‘संसद् बैठक २३ फागुनमा आह्वान भएको छ । बैठकलाई कसरी सञ्चालन गर्ने भन्ने विषयमा दलहरूसँग छलफल भोलिदेखि नै प्रारम्भ हुनछ,’ उनले भने ।
प्रतिनिधिसभा पुनर्स्थापना गौरवको विषय भएकाले सबै सांसदहरू बैठकमा उत्साहजनक रुपमा उपस्थित हुने सभामुख सापकोटाले विश्वास व्यक्त गरेका छन् ।
प्रतिक्रिया दिनुहोस