देश

सरकारले थप १० अर्ब रुपैयाँ ऋण उठाउँदै

सरकारले थप १० अर्ब रुपैयाँको आन्तरिक ऋण उठाउने तयारी गरेको छ । सरकारका तर्फबाट नेपाल राष्ट्र बैंकले मंगलबार १० अर्ब रुपैयाँको विकास ऋणपत्र खुला गर्ने भएको हो ।

८ वर्षे अवधिको विकास ऋणपत्र खरिदको लागि बैंक तथा वित्तीय संस्था, गैरबैंक वित्तीय संस्था, बीमा कम्पनी, संगठित संस्था तथा नेपाली नागरिकले नेपाल राष्ट्र बैंकको राष्ट्र ऋण व्यवस्थापन विभागमा आवेदन दिनुपर्नेछ । प्रतिस्पर्धी खरिदकर्तालाई निष्काशित रकमको ८५ प्रतिशत अर्थात ८ अर्ब ५ करोड रुपैयाँ छुट्याइएको छ र अप्रतिस्पर्धीका लागि १५ प्रतिशत अर्थात १ अर्ब ५ करोड छुट्याइएको छ ।

इच्छुक लगानीकर्ताले १८ फागुन दिउँसो २ बजेसम्म अनलाइन ‘बिडिङ सफ्टवेयर’मार्फत बोलपत्र पेस गर्नुपर्नेछ । ऋणपत्र यही १९ फागुनमा निष्काशन हुनेछ भने १९ फागुन २०८५ मा साँवा भुक्तानी हुनेछ । यसअघि राष्ट्र बैंकले २० माघमा पनि १० अर्ब रुपैयाँको विकास ऋणपत्र निस्कासन गरेको थियो ।

Featured