देश

४० अंकले नेप्से बढ्दा १ सय ६३ कम्पनीको शेयरमूल्य बढ्यो

गत हप्ताबाट लगातार घटिरहेको बजारमा सोमबार भने ४० अंकले सुधारिएको छ । अर्थात् सोमबार शेयरबजार परिसूचक नेप्से ४० दशमलव ६४ अंकले बढेर २५१५ दशमलव ०३ अंकमा पुगेको छ ।

सोमबार कारोबारमा आएका २ सय ९ कम्पनीको १ करोड १८ लाख ३८ हजार ४ सय ८८ कित्ता शेयर ५ अर्ब ६७ करोड २३ लाख १६ हजार ८ सय ३१ रुपैयाँमा किन बेच भयो । अघिल्लो दिनको तुलनामा आज नेप्से सूचक बढे पनि कारोबार भने घट्न पुग्यो ।

बजार एकाएक करेक्सनको नामममा ओरालो लाग्न थालेपछि लगानीकर्ता पर्ख र हेरको अवस्थामा रहँदा सोमबारको कारोबार पनि अघिल्लो दिनको तुलनामा कम भएको हो । आइतबार नेप्से सूचक ७९ अंकले घट्दा पनि ८ अर्ब रुपैयाँको कारोबार भएको थियो ।

नेप्से सूचक बढेसँगै सबै समूह हरियाली बनेका छन् । त्यस्तै, कारोबारमा आएका कम्पनीमध्ये १ सय ६३ कम्पनीको शेयरमूल्य बढ्दा ४ कम्पनीको शेयरमूल्य घट्यो भने बाँकी ७ कम्पनीको मूल्य यथावत् नै रह्यो ।

जसमा चन्द्रागिरि हिल्सको ९.९० प्रतिशतले शेयरमूल्य बढ्यो भने सिटिजन्स म्युचुअल फण्डको सबैभन्दा धेरै शेयरमूल्य घट्यो । फण्डको १ प्रतिशतभन्दा बढीले शेयरमूल्य घटेको हो ।

Featured