राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । मन्त्रिपरिषद् बैठकको सिफारिसमा राष्ट्रपति भण्डारीले फागुन २३ गते दिउँसो ४ बजेका लागि प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी हुन् ।
यसअघि सोमबार बिहान बसेको मन्त्रिपरिषद् बैठकले प्रतिनिधिसभाको अधिवेशन फागुन २३ गते दिउँसो चार बजे बोलाउन राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको थियो ।
सरकारको सिफारिसमा गत पुस ५ गते राष्ट्रपति भण्डारीले प्रतिनिधिसभा विघटन गरे पनि ११ फागुनमा सर्वोच्च अदालतले संसद् पुनर्स्थापनाको फैसला सुनाएको थियो । सर्वोच्चले संसद् पुनर्स्थापनासँगै १३ दिनभित्र संसद् बैठक बोलाउन परमादेश जारी गरेको थियो ।
प्रतिक्रिया दिनुहोस