देश राजनीति

देव गुरुङलाई मैले मुख्य सचेतक बनाएको थिएँ, मैले हटाइदिएँ : ओली

नेकपा ओली समूहका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले देव गुरुङलाई आफैँले मुख्य सचेतक बनाएको र आफैँले हटाएको बताएका छन् । गण्डकी प्रदेशस्तरीय कार्यकर्ता भेलालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले यस्तो बताएका हुन् ।

उनले नियुक्ति दिनेले नियुक्त बदर गर्न सक्ने पनि बताए । ‘नियुक्ति दिनेले नियुक्ति बदर गर्न सक्छ’ उनले भने ‘मुख्य सचेतक बनाएको थिएँ देव गुरुङलाई । अस्तिका दिन मात्रै मैले बनाएको हो मैले हटाइदिएँ ।’

अर्का मुख्य सचेतकमा विशाल भट्टराईलाई आफूले नियक्ति गरेको बताए । प्रचण्ड-माधव नेपाल समूहले बनाएको केन्द्रीय कमिटी पनि आफूले नै बनाएको उनले बताए

Featured