देश

आजको मौसम : पहाडी भू-भागमा मेघ गर्जनसहित वर्षा हुने

मौसम पूर्वानुमान महाशाखाले आज देशका पहाडी भू-भागका केही स्थानमा मेघ गर्जन तथा चट्याङसहित वर्षा हुने सम्भावना रहेको जनाएको छ । साथै उच्च पहाडी तथा हिमाली क्षेत्रका केही स्थानमा हल्का हिमपात हुने सम्भावना पनि छ ।

हाल पहाडी भू-भागमा बदली भइरहेको जानकारी दिँदै महाशाखाले नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको उल्लेख गरेको छ । आज प्रदेश १ का पहाडी भू-भागका केही स्थानमा मेघ गर्जन तथा चट्याङसहित हल्का वर्षा हुने सम्भावना छ ।

त्यस्तै सोमबार प्रदेश १, गण्डकी र सुदूरपश्चिम प्रदेशका पहाडी भू-भागमा बदली हुने तथा मंगलबार प्रदेश १, बाग्मती र गण्डकी प्रदेशका पहाडी भू-भागमा बदली हुने महाशाखाको पूर्वानुमान छ ।

Featured