देश

केराबारीमा ट्रयाक्टर दुर्घट्ना हुदा सहचालकको मृत्यु

विराटनगर, १५ फागुन । सुनसरी ईटहरी–३ का १८ बर्षीय गजेन्द्र राईको ट्रयाक्टर दुर्घट्नामा परी मृत्यु भएको छ । आज बिहान ०८ बजे मोरङ केराबारी–५ स्थित भित्रि सडकखण्डमा को २ त ५५०० नम्बरको ट्रयाक्टर आफै अनियन्त्रित भई दुर्घट्ना हुदा सह चालक गजेन्द्र राई गम्भिर घाईते भएका थिए ।

घाईते राईको धरान घोपामा उपचारको क्रममा ०९ बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ । ट्रयाक्टर र चालक इटहरी ३ का २७ बर्षीय राम दर्जी नियन्त्रणमा रहेको उक्त कार्यालयले जनाएको छ ।

Featured