विदेश

बाइडेनको आदेशमा पहिलो हवाई हमला

एजेन्सी, १४ फागुन । अमेरिकी राष्ट्रपति जोन वाइडेनको आदेशमा सिरियामा इरान समर्थिक लडाकुको अखडामा हवाई हमला भएको छ ।बीबीसीका अनुसार हमलामा २२ जनाको मृत्यु भएको आशंका छ । पेन्टागनले हमलाको पुष्टि गरिसकेको छ ।

राष्ट्रपति पदमा निर्वाचित भएपछि बाइडेनको यो पहिलो सैन्य कार्वाही आदेश हो । उनले इरान र उसलाई समर्थन गर्ने विभिन्न लडाकु गुटप्रति आफ्नो कडा रवैया रहने सन्देश दिन खोजेका छन् ।

Featured