देश

बेलबारी नगरपालिकाद्वारा सुत्केरी र गर्भवती महिलालाई पोषिलो खानेकुरा तथा न्यानो कपडा वितरण

विराटनगर, १४ फागुन । मोरङको बेलबारी नगरपालिकाले आफना नगर क्षेत्रभित्रका ज्येष्ठ नागरिकहरुलाई सम्मान तथा गर्भवती र सुत्केरी महिलाहरुलाई पोषिला खानेकुरासहित न्यानो कपडा बितरण गरेको छ ।

९० बर्ष भन्दा माथि उमेर समूहका ज्येष्ठ नागरिकहरुलाई न्यानो कपडा सुईटर ब्लाङकेट बितरण गरेको छ । १ सय १७ जना ज्येष्ठ नागरिकहरुलाई घरघरमा गएर सम्मान गरिएको नगर प्रमुख ज्ञानेन्द्र सुवेदीले बताए ।

सवै वडामा पुगेर ज्येष्ठ नागरिकहरुलाई सम्मान गर्ने सुवेदीको भनाई रहेको छ । सम्मान पाउँदा जेष्ठ नागरिकहरु समेत खुसि भएका छन् । सम्मान पाँउदा छोरा छोरी जस्तै लागेको जेष्ठ नागरीकको भनाई रहेको छ ।

छोरा छोरीले जस्तै गरेर मेयर आफै आएर सम्मान पाउदाँ धेरै खुसिलागेको बेलबारी २ की ९३ बर्षीय हरी माया कणेलको भनाई रहेको छ । यस्तै गर्भवती तथा सुत्केरी महिलालाइ पोसिलो खाना तथा न्यानो कपडा बितरण गरीएको छ ।

नगर क्षेत्र भित्रका १सय ४५ जना गर्भवति तथा सुत्केरी महिलाहरुलाई हर्लिक्स,नुन,चिनि,खाने तेल,प्रोटिन दाल,सरफ,डिटोल साबुन,बेबि गिफ्ट,सेनिटरि प्याड,ज्वानो र अन्डा लागयतका सामाग्रि बितरण गरीएको थियो । एक्टिभ नेपालको सहयोगमा सामाग्रिह बितरण गरीएको हो । स्विस कन्ट्याक्ट् नेपालको र एक्टिभ नेपालको आयोजना ५ वटा स्थानियतहमा सामाग्रिहरु बितरण गरीएको एक्टिभ नेपालका डाइरेक्टर सुमन कार्कीले बताए ।

Featured