देश

विराटनगरको ज्येष्ठ नागरिक सेवा समितिद्वारा ८ जना ज्येष्ठ नागरिक सम्मानित

विराटनगर, १४ फागुन । विराटनगर–१२ स्थित ज्येष्ठ नागरिक सेवा समितिले ८ जना ज्येष्ठ नागरिकलाई सम्मान गरेको छ । सम्मान गरिएका जेष्ठ नागरिकहरुमा सो वडाका ४ महिला र ४ जना पुरुष छन् ।

समितिले आफ्नो छैठौं साधारणसभाको अवसर पारेर उनिहरुलाई सम्मान गरेको हो । सामुदायिक भवनमा आज आयोजित कार्यक्रमकाबीच जिल्ला समन्वय समिति मोरङका प्रमुख नरेश पोखरेल र विराटनगर महानगरपालिका वडानम्बर ११ का वडाध्यक्ष तीथेन्द्र न्यौपानेले उनीहरुलाई सम्मान गरे ।

ज्येष्ठ नागरिकलाई फूलमाला, दोसल्ला र अभिनन्दपत्रसहित सम्मान गरिएको ज्येष्ठ नागरिक सेवा समितिका सचिव हरिप्रसाद भट्टराईले जानकारी दिए ।

साधारणसभाको अवसरमा आयोजित सो कार्यक्रमकाबीच समितिका अध्यक्ष कृष्ण भण्डारीले वार्षिक प्रतिवेदन प्रस्तुत गरे । सो अवसरमा बोल्ने वक्ताहरुले ज्येष्ठ नागरिकहरु अनुभवका खानी रहने भएका कारण उनीहरुलाई मानसम्मान र उचित स्थान दिनुपर्ने विचार राखेका थिए ।

Featured