देश

आजको मौसम : केही स्थानमा मेघ गर्जनसहित वर्षा हुने

मौसम पूर्वानुमान महाशाखाले आज प्रदेश- १, बाग्मती, गण्डकी र सुदूरपश्चिम प्रदेशका पहाडी भू-भागका केही स्थानमा मेघ गर्जन र चट्टयाङसहित वर्षा हुने सम्भावना रहेको जनाएको छ ।

त्यस्तै ती प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका केही स्थानमा हल्का हिमपात हुने सम्भावना पनि छ । हाल नेपालमा पश्चिमी वायूको आंशिक प्रभाव रहेको उल्लेख गर्दै पहाडी क्षेत्रका केही स्थानमा आंशिक बदली रही अन्य क्षेत्रको मौसम सफा रहेको छ । तराईका केही भागमा हुस्सु÷कुहिरो लागेको महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार शनिबार पहाडी भू–भागमा बदली रही बाँकी स्थानको मौसम सामान्यतया सफा रहने छ । शनिबार पहाडी भू-भागका केही स्थानमा मेघ गर्जन तथा चट्टयाङसहित हल्का वर्षा हुने महाशाखाको पूर्वानुमान छ ।

Featured