देश

विराटनगरको मटेरुवाबाट अढाइ लाख भारू नोटसहित एक जना पक्राउ

विराटनगर, १३ फागुन । विराटनगरबाट प्रहरीले आज दिउँसो श्रोत नखुलेको अवैध भारतीय नोटसहित प्रहरीले एक जनालाई पक्राउ गरेको छ । विराटनगर महानगरपालिका वडा नं.–१७ को मटेरुवा स्थित अस्थायी प्रहरी चौकीबाट खटिएको प्रहरी टोलीले अढाईलाख भारतीय नोटसहित एक जना भारतीय नागरिकलाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा भारतको अररिया थाना नरपथगंज पोस्ट तलासी वडा नं.–१० बस्ने बर्ष ३४ को संजय सिंह रहेका छन् । पक्राउ परेका उनको साथबाट चेकजाँचको क्रममा निजको साथबाट भारु नोट ५ सय दरले ३ सय ८८ थान, २ हजार दरका २६ थान ले २६ थान गरि जम्मा २ लाख ४६ हजार रुपैयाँ फोला परेको छ । उनलाई नियन्त्रणमा लिएर आवश्यक कारवाहीको लागि मूल भन्सार कार्यालय रानी विराटनगरमा बुझाइएको प्रहरीले जनाएको छ ।

Featured