देश राजनीति

प्रचण्ड-माधव समूहले आज विजय जुलुस गर्ने, सांसदहरुलाई छलफलका लागि बोलाइयो

प्रधानमन्त्री केपी ओलीले गरेको प्रतिनिधिसभा विघटनलाई सर्वाेच्च अदालतले बदर गरिदिएपछि नेकपा प्रचण्ड–माधव समूहले आज विजय जुलुस गर्ने भएको छ । प्रचण्ड–माधव समूहको केन्द्रीय संघर्ष समितिले प्रतिनिधिसभा पुनर्स्थापना भएको खुसियालीमा देशैभर विजय जुलुस गर्ने भएको हो ।

काठमाडौंमा हुने विजय जुलुसलाई अध्यक्षद्वय प्रचण्ड र माधव नेपालले सम्बोधन गर्ने भएका छन् । काठमाडौंको विजय जुलुस शान्तिबाटिकाबाट मध्याह्न १२ बजे सुरु हुने जनाइएको छ ।

त्यस्तै प्रचण्ड–माधव समूहले आफू निकटका सांसदहरुलाई छलफलका लागि बोलाएको छ । प्रतिनिधिसभा विघट बदर भएपछि आगामी रणनीति तय गर्नका लागि सांसदहरुलाई बोलाइएको हो ।

Featured