देश राजनीति

प्रधानमन्त्रीले तुरुन्त राजीनामा दिनुपर्छ, राष्ट्रपतिले प्रतिनिधिसभा बोलाउनुपर्छ : बामदेव गौतम

नेकपाका उपाध्यक्ष बामदेव गौतमले सर्वाेच्च अदालतको संवैधानिक इजलासले गरेको निर्णयलाई स्वागत गर्दै राष्ट्रपतिले प्रतिनिधिसभाको अधिवेशन आह्वान गर्नुपर्ने बताएका छन् । त्यस्तै प्रधानमन्त्री केपी ओलीले ढिला नगरी तुरुन्त प्रधानमन्त्रीबाट राजीनामा दिनुपर्ने गौतमको भनाइ छ ।

सर्वाेच्च अदालतले मंगलबार प्रधानमन्त्री ओलीले ५ पुसमा गरेको प्रतिनिधिसभा विघटन असंवैधानिक भएको ठहर गर्दै उक्त निर्णय बदर गरिदिएको थियो । यस विषयमा प्रतिक्रिया दिँदै गौतमले अध्यक्षद्वय केपी ओली र प्रचण्डलाई पार्टीको सचिवालय बैठक बोलाउन पनि आग्रह गरेका छन् ।

‘प्रधानमन्त्री केपी ओलीले गत पुस ५ गते गर्नुभएको प्रतिनिधिसभा विघटन असंवैधानिक ठहर भएको छ,’ गौतमले जारी गरेको प्रेस विज्ञप्तिमा भनिएको छ, ‘आजको दिन निरंकुशता स्वेच्छाचारिता, अराजकता र दुराचारीताको पराजय तथा संविधान कानून लोकतन्त्र र जनताको सार्वभौमिकताले पुनर्विजय प्राप्त गरेको ऐतिहासिक दिन हो ।’

Featured