देश

विपन्न महिलाहरुलाई निशुल्क शिपमुलक तालिम

विराटनगर, भदौ ९–विराटनगर स्थित ग्रामिण्म भेगका विपन्न महिलाहरुलाई लक्षित गरि ३ महिने शिपमुलक तालिम सुरु गरिएको छ । रोटरी क्लब अफ डाउन टाउन र एबीसी नेपालको संयोजकत्वमा १०० जना महिलाहरूका लागि शिपमुलक ब्युटीसियन र सिलाई कटाई तालिम सुरु गरिएको हो ।

सो अवसरमा रोटरी क्लब अफ विराटनगर डाउन टाउनकी निवर्तमान अध्यक्ष रचना राठीले निशुल्क सञ्चालन गरिएको सो तालिमबाट महिलाहरु आत्म निर्भर बन्ने विश्वास व्यक्त गरिन् । उनले ३ महिने तालिमबाट महिलाहरु शिपसिकेर स्वरोजगार बन्ने दावी गरिन् ।

प्रत्येक वर्ष सञ्चालन गरिँदै आएको सो तालिमबाट विगतका बर्षहरुको तुलनामा यस बर्ष बढीभन्दा बढी महिलाहरुलाई तालिम दिने लक्ष्य राखेको अध्यक्ष राठीको भनाई छ ।

एबीसी नेपालले हरेक बर्ष विभिन्न संघसंस्थाहरुसँगको सहकार्यमा सीपमूलक तालिमहरुको आयोजना गर्दै आएको एबीसी नेपाल विराटनगरकी अध्यक्ष विष्णु शर्मा आचार्यले बताइन् । उनले तालिमबाट धेरै महिलाहरुमा स्वरोजगारको अवसर सिर्जना हुने र उद्यमशील बन्न सहयोग पुर्याउने बताइन् । उनले राज्यले पनि महिला सशक्तीकरणका लागि निशुल्क उच्च शिक्षा तथा स्वरोजगारमुलक कार्यक्रमहका लागि निति बनाउनुपर्ने बताइन् ।

Featured