देश

लेन्डरोभर गाडी दुर्घटना हुदा ११ जना घाईते

विराटनगर, भदौ ९–तेह्रथुमको फेदाप गाउँपालिका–२ शेर्मा स्थित मधय पहाडी लोकमार्गमा लेन्डरोभर गाडी दुर्घटना हुदा ११ जना घाईते भएका छन् । सोमबार विहान सम्दु बाट म्याङलुङ तर्फ आउदै गरेको स १ ज २७२ नम्बरको लेन्डरोभर गाडी आफै अनियन्त्रीत भई सडक बाट २५ मिटर तल खस्दा११ जना घाईते भएका हुन् ।

उक्त गाडीमा चालक सहित १५ जना सवार थिए ।दुर्घटनामा तेह्रथुमको फेदाप गाउँपालिका–४ का बर्ष ४० वर्षिय योगेन्द्र लिम्बु, सोही गाउँपालिका–५ का ३३ वर्षिय महेन्द्र कुमार थापा, ४२ विर्षय खड्ग बहादुर लिम्बु, ४४ वर्षिया गंगा लिम्बु, म्याङलुङ नगरपालिका–९ की ३५ वर्षिया शान्तिला लिम्बु, ४२ वर्षिय बिर बहादुर लिम्बु र उनका छोरा ११ वर्षिय पिज्ञान लिम्बु, मोरङको सुन्दर हरैचा नगरपालिका–७ का ३५ वर्षिय कमल कोईराला, उर्लाबारी नगरपालिका–४ का २१ वर्षिय संजय, झापाको दमक नगरपालिका–१ का ४० विर्षिय दिल बहादुर कार्की र मोरङको मधूमल्ला गाउँपालिका–३ का ३२ वर्षिय संन्तोष कार्की घाइते भएका हुन् ।

घाईतहरुको जिल्ला अस्पताल तेह्रथुम स्थित म्याङलुङ अस्पतालमा उपचार भईरहेको छ । दुर्घटना पश्चात फरार रहेका चालकको खोजि कार्य जारी रहेको छ भने सहचालकलाई जिल्ला प्रहरी कार्यालय तेह्रथुमले नियन्त्रणमा लिएको प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ ।