देश

कम्युनिस्टको डिक्सनेरीमा गणतन्त्र हुंदैनः विमलेन्द्र निधि

सर्लाही, भदौ ९–वर्तमान सरकारको अदूरदर्शिताको कारण संघीयता सम्बर्धन हुन नसकेको कांग्रेस उप सभापति विमलेन्द्र निधिले सरकारमाथि आरोप लगाएका छन। सर्लाहीमा एक कार्यक्रमलाई सम्बोधन गर्दै निधिले यो सरकार संघीयता र लोकतंत्र लाई समाप्त पार्न खोजेको जिकिर गर्दै संघीयता र लोकतंत्र बचाउनु छ भन्ने नेपाली कांग्रेसको विकल्प नरहेको ठोकुवा गरे।

सर्लाहीमा मगर समुदायको प्रशिक्षण कार्यक्रमको उद्घटन गर्दै निधिले भने, ‘यो सरकार लोकतंत्रलाई खोश्न प्रेस स्वतंत्रता माथि नै जाइ लागेको छ।’ सर्लाहीको लाबन्दीमा राष्ट्रीय मगर समुदायको दुइ दिने प्रशिक्षण कार्यक्रमको पहिलो दिन उद्घाटन सत्रलाई प्रमुख अतिथीको रुपमा सम्बोधन गर्दै उनले यो सरकारको अदूरदर्शिताको कारण नै मुलुक संविधान अनुसार चल्न नसकेको ठोकुवा गरे।

उनले देश चलाउन यो सरकार १७ महीना मैं फेल भई सकेको पनि दावी गरे। अहिले मुलुकका जनताको दैनिकी नै प्रभावित हुनेगरी वर्तमान सरकारले महंगाइ बढाएर जनताको ढांड सेक्ने काम मात्र गरेको उनको तर्क छ।

उप सभापति निधि वर्तमान ओली सरकारप्रति कडा रुपमा प्रस्तुत हुंदै अहिलेको केपी शर्मा ओलीको सरकारले संघीयतामा विश्स्वास नगर्ने गरेको जिकिर गरे। उनले सरकारले निरंकुशता लाद्न खोजेको आरोप समेत निधिले लगाएका छन।

‘जनताको विरुद्ध जब जब तानाशाह जन्मे नेपालमा नेपाली कांग्रेसले नै नेतृत्व गर्दै जनताको पक्षमा परिवर्तन गरेको’ निधिले ठोकुवा गर्दै भने , ‘देशमा लोकतंत्रलाई बचाई राख्न नेपाली कांग्रेसको विकल्प छैन्।’

उनले राष्ट्रियता, लोकतंत्र, समाजवाद, गणतंत्र , संघीयता, समावेशिता, धर्म निरपेक्षता, मिश्रित निर्वाचन प्रणाली, अहिंसा र शान्ति लगायतका ९ सुत्रिय मूल मंत्रलाई आत्मसात गरेको कांग्रेसले मात्र समुन्नत समाज निर्माण गर्न एक ढिक्का भएर अघि बढ़न उपस्थित सबैलाई आग्रह गरे।

नेपाल राष्ट्रिय मगर संघको प्रदेश २ स्तरीय प्रशिक्षण कार्यक्रममा प्रमुख अतिथिको रुपमा बोल्दै काग्रेंस उप सभापति विमलेंद्र निधिले नेपालको कुल जनसंख्यामा मगरको तेस्रो स्थान रहेको जिकिर गर्दै नेपाल र नेपालीको निर्माणको क्रममा मगर समुदायको महत्वपूर्ण भूमिका निर्वाह गरेको बताए।

ओम मगरको अध्यक्षतामा सुरु भएको दुइ दिने प्रशिक्षण कार्यक्रममा सम्बोधन गर्दै पूर्व गृहमन्त्री समेत रहेका निधिले काग्रेंस बलियो भए मगर समुदाय बलियो हुने बताए। नेपालमा समावेसीको सिद्धान्त नेपाली काग्रेंसले नै सुरु गरेको जिकिर गर्दै उनले आफ्नै पार्टीको विधानमा मात्र होइन देश कै संविधानमा पनि समावेशी सिदान्त उल्लेख भएको बताए।