देश राजनीति

नेकपा विदेश विभाग उपप्रमुखमा विष्णु रिजाल

काठमाडौं, भदौ ९-सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को विदेश विभाग उप प्रमुखमा केन्द्रीय सदस्य विष्णु रिजाल नियुक्त भएका छन्।

सोमबार केन्द्रीय कार्यालय धुम्बाराहीमा पुष्पकमल दाहाल प्रचण्डको अध्यक्षतामा पार्टी बसेको सचिवालय बैठकले रिजाललाई विदेश विभाग उप प्रमुख बनाउने निर्णय गरेको हो।

गत आइतबार वसेको सचिवालय बैठकले उनलाई प्रचार विभागमा उप प्रमुख तोकेको थियो। तर उक्त निर्णयप्रति असन्तुष्टि जनाउँदै उनले विभाग परिवर्तनको माग समेत गरेका थिए।

विदेश विभाग प्रमुखमा पूर्व प्रधानमन्त्री माधवकुमार नेपाल रहेका छन्। विदेश विभाग उप प्रमुखमा विष्णु रिजाल संगै अर्का उप प्रमुखमा राम कार्की पनि रहेका छन्। नेपाल कम्युनिस्ट पार्टी (नेकपा) मा विष्णु रिजाल विदेश मामिलामा दक्खल मानिन्छ।

नेकपाभित्र विदेश मामिलामा अध्ययन अनुसन्धान गर्ने थोरैमध्ये केन्द्रीय सदस्य विष्णु रिजाल पनि पर्छन्।