मनोरंजन विदेश

फोर्ब्स २०१९ को कमाईको शीर्ष स्थानमा स्कारलेट जोहान्ससन, प्रियंका सूचीबाट बाहिर

काठमाडौं, एजेन्सी, भदौ ९-फोर्ब्स २०१९ को कमाईको शीर्ष स्थानमा हलिवुड नायिका स्कारलेट जोहान्ससन अग्रस्थानमा पर्न सफल भएकी छिन्। उनले सन् २०१८ मा पनि यो लिस्टमा पहिलो स्थान हासिल गरेकी थिइन्। स्कारलेट डिज्नी मार्वल स्टुडियोको नयाँ फिल्म ब्ल्याक विडोका लागि अत्यधिक पारिश्रमिक लिइरहेकी छिन्। गत वर्ष उनको कमाई लगभग ५६ मिलियन डलर अर्थात् लगभग चार सय करोड आँकलन गरिएको छ। यस्तै मोर्डन फ्यामिली स्टार सोफिया वर्गेराले दोस्रो स्थान हासिल गरेकी छिन्। उनी पछिल्लो एक वर्षमा ३१५ करोडको कमाई गर्न सफल छिन्।

हलिउड स्टार रिज विदरस्पून पनि यो सूचीमा स्थान बनाउन सफल रहिन्। उनी यो सूचीमा २५० करोडको कमाईसँगै तेस्रो स्थानमा छिन्। यसबाहेक नायिका निकोल किडम्यान र जेनिफर एनिस्टन क्रमशः चौथो र पाँचौ स्थानमा छन्। किडम्यानले पछिल्लो वर्ष २४३ करोड र एनिस्टनले लगभग २०० करोडको कमाई गर्न सफल रहे।

यस्तै, बलिउड नायिका प्रियंका चोपडा र दीपिका पादुकोण सबैभन्दा धेरै कमाई गर्ने नायिकाको सूचीबाट बाहिरिएका छन्। सन् २०१८ मा पद्मावतपछि दीपिकाको कुनै पनि फिल्म रिलिज भएके छैन। यस्तै प्रियंका चोपडा पनि लामो समयदेखि बलिउड फिल्मबाट टाढा छिन् तर उनले ‘अ किड लाइक ज्याक’ र ‘इन्सेट इट रोमान्टिक’ नामको हलिउड फिल्ममा काम गरेकी थिइन।

स्मरण रहोस्, यो सूचीमा कुनै पनि बलिउड नायिका समावेश छैनन्। यद्यपि, केही समयअघि जब फोर्ब्सको सबैभन्दा धेरै कमाई गर्ने नायकको सूची जारी भएको थियो तब त्यो सूचीमा ४६६ करोडको कमाईसँग अक्षय कुमार चौथो स्थानमा थियो। यो सूचीमा दि रक अर्थात् ड्वेन जोनसन शीर्ष स्थानमा थिए।

Featured