देश

रविको रिहाईको माग गर्दै चितवनमा मोटरसाइकल र्याली

चितवन, भदौ ९–आत्महत्या प्रकरणमा पक्राउ परेका न्यूज २४ का प्रस्तोता रवि लामिछानेको रिहाईको माग गर्दै उनका समर्थकले मोटरसाईकल र्याली निकालेका छन् ।

नुवाकोटको पत्रकार सालिकराम पुडासैनीलाई आत्महत्या गर्न दुरुत्साहन गरेको आरोपमा पक्राउ परेका लामिछाने निर्दोष भएको भन्दै रिहाईको माग गर्दैै उनका समर्थकले चितवनमा मोटरसाईकल र्याली निकालेका हुन् ।

साउन २० गते चितवनस्थित होटल कंगारुमा मृत अवस्थामा भेटिएका पत्रकार पुडासैनीले मृत्यु हुनु भन्दा अघी उनले रेकर्ड गरको भिडियो सार्वजनिक भएपछी लामिछाने लगायत युवराज कँडेल, रुकु भन्ने अस्मिता कार्की पक्राउ परेका थिए ।

उक्त सार्वजनिक गरिएको भिडियोमा उनी मर्नुको कारण लामिछाने लगायत, कार्की र कँडेल रहेको रेकर्ड गरिएको थियो । लामीछाने पक्राउ परेपछी उनका समर्थकहरुले दैनिकी जसो चितवनमा बिभिन्न नाराबाजी गर्दै प्रदर्शन गर्दै आईरहेका छन् ।