कर्णालीका नौ जिल्लामा कोरोना भाइरसविरुद्धको खोप लगाउन सुरु भएको छ । कर्णालीको डोल्पाबाहेक अन्य जिल्लामा बुधबार बिहान १० बजे नै खोप लगाउन सुरु गरिएको कर्णाली प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक डा.रविन खड्काले जानकारी दिए ।
पहिलो खोप प्रदेश अस्पताल कालागाउँ सुर्खेतका कोरोना फोकल पर्सन डा. नवराज केसी र निर्देशक डा.खड्काले लगाएको स्वास्थ्य निर्देशनालयले जनाएको छ ।
कर्णालीमा पहिलो चरणको खोपका लागि २६ हजार डोज आइपुगेको छ । सुर्खेतमा दुई हजार ७८१, दैलेखमा दुई हजार, जुम्लामा एक हजार ७०२, जाजरकोटमा एक हजार १४५, सल्यानमा एक हजार १२३, कालिकोटमा एक हजार २०, मुगुमा ५४७, डोल्पामा ५११, रुकुम पश्चिम ५०० र हुम्लामा ४५० जनालाई पहिलो चरणमा खोप लगाइने छ ।
प्रतिक्रिया दिनुहोस