देश

टेकु अस्पतालमा ८० वर्षीय अमात्यले लगाए कोरोनाविरुद्धको खोप

काठमाडौंमा ८० वर्षीय नेत्रबहादुर अमात्यले कोरोना भाइरसविरुद्धको खोप लगाएका छन् । बुधबार बिहान टेकु अस्पतालमा अमात्यले कोरोनाविरुद्धको खोप लगाएका हुन् । सरकारले बुधबार बिहान १० बजेदेखि देशभर एकसाथ कोरोनाविरुद्धको खोप लगाउने अभियान सुरु गरेको छ । त्यही अभियान अन्तर्गत अमात्यले कोरोनाविरुद्धको खोप लगाएका हुन् ।

भारत सरकारले अनुदानमा दिएको १० लाख डोज कोभिशिल्ड खोप पहिलो चरणमा स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, सरसफाइकर्मीलगायतलाई लगाइने छ ।

Featured