देश

तलबका लागि प्यान अनिवार्य गरिएकोमा माधव नेपालको असन्तुष्टि

काठमाडौं, भदौ ९-सरकारले तलब लिन स्थायी लेखा नंम्बर (प्यान) को अनिवार्य गरिएकोमा नेकपाका नेता माधवकुमार नेपालले असन्तुष्टि व्यक्त गरेका छन्। सरकारले साउन १ गते देखि लागु हुने गरि तलब सुविधाका लागि स्थायी लेखा नंम्बर(प्यान) अनिवार्य गरेको थियो।

प्यान बिना दिइएको तलब वा कुनै पनि खर्चलाई खर्चको रुपमा देखाउन नपाउने भन्दै सरकारले ल्याएको व्यवस्थाप्रति नेता नेपालले असन्तुष्टि व्यक्त गरेका हुन्।

यद्यपी सरकारले दैनिक ज्यालादारी मजदुरी गर्नेलाई दैनिक २ हजारसम्म भुक्तानी गर्न स्थायी लेखा नंम्बर आवश्यक नपर्ने व्यवस्था गर्ने तयारी गरेको छ।

काठमाडौं आयोजित एक कार्यक्रममा नेता नेपालले फोहोरमैला उठाउनेलाई समेत प्यान नंम्बर अनिवार्य गरिएको प्रति असन्तुष्टि जनाए। उनले यस्तो नियम योलागु गर्नुपर्व मुलुकको अहिलेको अवस्था हेर्नुपर्ने तर्क गरे।

‘फोहोरमैला उठाउनेलाई पनि प्यान, कसरी गर्ने त्यो प्यान’, नेता नेपालले भने, ‘यस्तो लागु गर्ने नाममा पूर्वाधार तयार नै नगरि अगाडि बढ्ने गरेको पाइन्छ।’

उनले देशको अर्थतन्त्र भर्खर मात्र अगाडि बढेको अहिले अहिले नै प्यान लागू गर्न उपयुक्त नहुने बताए। ‘उच्च अर्थतन्त्र भैसकेको कुरालाई अनुभवलाई तपाइ लागू गर्न सक्नुहुन्न’, नेता नेपालले भने, ‘क्रमश कसरी लागू गर्ने योजना बनाउनुपर्छ।’