देश

सुनसरी र संखुवासभामा ट्याक्टर द्र्घटनाबाट २ जनाको मृत्यु

विराटनगर, १३ माघ । सुनसरी र संखुवासभामा ट्याक्टर दुर्घटना हुँदा दुई जनासहचालकको मृत्यु भएको छ । सुनसरीको रामधुनी–७ स्थित भित्री सडक खण्डमा को १ त ३८८४ नम्बरको ट्याक्टरका सहचालकको लडेर मृत्यु भएको हो ।

सोमबार दिउसो २ बजे कुदिरहेको ट्याक्टरबाट अचानक लडेका सह चालक रामधुनी–६ का २० बर्षीय फुल कुमार सदा गम्भिर घाइते भएका थिए । गम्भिर घाईते भएका सदाको धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका क्रममा मृत्यु भएको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।

त्यस्तै संखुवासभा पाचखपन–३ स्थित सडकखण्डमा ट्याक्टर दुर्घटना हुदा सहचालक पाचखपन–६ का २३ बर्षीय गोबिन्द कोईरालाको मृत्यु भएको छ । मंगलबार साँझ ६ बजे को २ त ५०१० नम्बरको ट्याक्टर आफै अनियन्त्रित भई सडकबाट अन्दाजी ६० मिटर तल खस्दा सोही ट्याक्टरका सहचालक कोईराला घाईते भएकोमा उनको स्थानीय प्राथमिक स्वास्थ्य चौकी वानामा उपचारको क्रममा बेलका पौने ७ बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय संखुवासभाले जनाएको छ ।

Featured