देश

कोभिडविरुद्धको खोपमा पनि नेपालको उल्लेखनीय सफलता : अर्थमन्त्री पाैडेल

अर्थमन्त्री विष्णु पाैडेलले कोभिडविरुद्धको खोपमा पनि नेपालले उल्लेखनीय सफलता प्राप्त गरेको बताएका छन् । मंगलबार ६९ औं भन्सार दिवसको अवसरमा भएको कार्यक्रममा मन्त्री पौडेलले कोभिडविरुद्धको लडाईंमा नेपालले निरन्तर सफलता प्राप्त गर्दै गएको भन्दै खोपमा पनि सफलता पाएको बताका हुन् ।

`परीक्षणको क्रममा, नियन्त्रणको क्रममा, उपचारको क्रममा साथै अहिले खोपको चरणमा पनि नेपालले अपेक्षित सफलता प्राप्त गरेको छ,’ पाैडेलले भने ।

तर नेपालमा हालसम्म खोप भने लगाइएको छैन । भोलिदेखि खोप लगाउने तयारी भएको उनले बताए । अर्थमन्त्री पाैडेलले निर्वाचन लोकतन्त्रको सुन्दर पक्ष निर्वाचनको भएकाले त्यसको वातावरण बनाउन आग्रह गरे । सरकारले ५ पुसमा संसद विघटन गरी बैशाखमा निर्वाचनको मिति तोकेको छ ।

Featured