देश

प्रभुु क्यापिटलको ‘प्रभु दाइ’ अनलाइन सेवा सुरु

प्रभु क्यापिटलले आफना ग्राहकहरूलाई क्यापिटलको विषयमा जानकारी प्रदान गर्न अनलाइन सेवा सुरु गरेको छ । क्यापिटलले ‘प्रभु दाइ’ नामको अनलाइन सेवा साेमबारदेखि सञ्चालनमा ल्याएकाे हो ।

सो सेवाअन्तर्गत क्यापिटलको लगानी व्यवस्थापन सेवा (Portfolio Management Service), अनलाइन डिम्याट खातासम्बन्धी सेवा (OnlineDemat Account), क्यापिटलका प्रोडक्ट तथा सेवाहरू (Product & Services) सम्बन्धी जानकारी, क्यापिटलबाट जारी हुने सूचनाबारे जानकारी ग्राहकहरूले सहज रूपमा पाउनुका साथै  क्यापिटल मार्केट्ससम्बन्धी अन्य सम्पूर्ण सूचनाहरू प्रदान गरिने क्यापिटलले जनाएको छ ।

साथै, प्रभु क्यापिटलले ग्राहकहरूको सेवाका लागि सदैव तत्पर रही सूचना प्रविधिमैत्री बनाई ग्राहकहरूको सेवा समयमै प्रदान गर्नसमेत प्रतिवद्ध रहेको कम्पनीले जनाएको छ ।

Featured