देश

केटु हिमालका कीर्तिमानी नेपाली आरोही भोलि काठमाडौं आउँदै

जाडो सिजनमा विश्वको दोस्रो अग्लो हिमाल केटु आरोहण गर्ने कीर्तिमानी नेपाली टोली भोलि काठमाडौं आइपुग्दैछ । भोलि बिहान ८ बजे कीर्तिमानी टोली त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्नेछ ।

टोली काठमाडौं ओर्लिएपछि प्रधानमन्त्री केपी ओलीले पनि सम्मानका लागि कार्यक्रम गर्ने बताइए पनि अहिलेसम्म औपचारिक जानकारी भने आइसकेको छैन ।

आरोहणका लागि खतरनाक मानिएको केटु हिमालमा जाडो सिजनमा आरोहण नै भएको थिएन । विश्वका ८ हजारभन्दा अग्ला हिमाल आरोहण गरेर कीर्तिमान् राखेका निर्मल पुर्जाको नेतृत्वमा १० जना नेपालीले केटु हिमालको सफल आरोहण गरेका थिए ।

टोलीको सम्मानमा मोटरसाइकल र्‍याली पनि हुनेछ । र्‍याली त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट सुरु भई तीनकुने, नयाँ बानेश्वर, थापाथली, माइतीघर, भद्रकाली, सुन्धारा, कान्तिपथ, ठमेल हुँदै लैनचौरको स्काउट क्षेत्रसम्म पुग्नेछ । पर्यटन मन्त्रालय, नेपाल पर्यटन बोर्ड, नेपाल पर्वतारोहण संघलगायतका विभिन्न संघसंस्थाले उक्त कार्यक्रम आयोजना गर्नेछन् ।

Featured