देश

खोटाङमा भिरबाट लडेर वडा सदस्यको मृत्यु

विराटनगर, ११ माघ । खोटाङ साकेला २ रतन्छा बस्ने सोही वडाका वडा सदस्य ५७ बर्षीय रत्न प्रसाद फुयलको भिरबाट लडेर मृत्यु भएको छ । शनिवार साँझ आफ्नो घरबाट साकेला २ मबु स्थित भाईको घरमा धामी बस्नका लागि जादै गरेको अवस्थामा एक्कासी खहरे खोलाको भिरबाट लडी अन्दाजी ३ सय मिटर तल खस्दा उनको घटनास्थलमानै मृत्यु भएको प्रहरीले जनाएको छ ।

घटनाको जानकारी पाउनसाथ प्रहरी टोली खटि गई कानुनी कारबाही भईरहेको जिल्ला प्रहरी कार्यालय खोटाङले जनाएको छ । मुतक फुयल तत्कालिन नेकपा माओबादी केन्द्रबाट निर्बाचित सदस्य रहेको जनाइएको छ ।

Featured