देश

नेपाल उद्योग बाणिज्य महासंघ प्रदेश १ को पदस्थापन

विराटनगर, ८ माघ । नेपाल उद्योग बाणिज्य महासंघ प्रदेश १ को पदस्थापन गरिएको छ । बुधबार विराटनगरमा आयोजित कार्यक्रममा नव निर्वाचित पदाधिकारीहरूको पदस्थापन गरिएको हो । पदस्थापन लगत्तै नव निर्वाचित अध्यक्ष टिकाराज ढकालले ३ जनालाई समिति सदस्यमा र तीन जनालाई आमन्त्रित सदस्यका रुपमा मनोनित गरेका छन् ।

कार्यसमितिमा महिला तर्फ सरु केसी अन्यमा कुमारमणी पोखरेल र पशुपति बराल रहेका छन् । यस्तै आमन्त्रित सदस्यमा देवकिनन्दन अग्रवाल ,भविस श्रेष्ठ र दिपक पाण्डे मनोनित भएका छ् । उद्योग बाणिज्य महासंघ प्रदेश १ को झापामा सम्पन्न अधिवेशनले टिकाराज ढकालको अध्यक्षतामा नयाँ कार्यसमिति निर्वाचित गरेको थियो ।

कार्यसमितिमा जिल्ला नगर उपाधयक्ष भीमबहादुर पौडेल, एशोसियट उपाध्यक्ष राजेन्द्र राउत र कोषाध्यक्ष रमेश राठी निर्वाचित भएका थिए । कार्यक्रममा नेपाल उद्योग बाणिज्य महासंघका बरिष्ठ उपाध्यक्ष चन्द्र ढकालले लगानी भित्र्याउन प्रयास भइरहेको भए पनि सरकार र निजी क्षेत्रबीच समन्वय हुन नसकेको भन्दै निजी क्षेत्रको स्रोत छरिएर रहेको हुँदा त्यसलाई समेट्नुपर्नेमा जोड दिए ।

कार्यक्रममा उद्योग बाणिज्य महासंघ प्रदेश १ का उपध्यक्ष राजेन्द्र राउत, निवर्तमान अध्यक्ष नरेन्द्र खड्का लगायतले प्रदेश १ मा प्रयाप्त संभावना भएकाले लगानीकर्ता आकर्षित गर्न सरकारले विशेष प्याकेज ल्याउनुपर्ने धारणा राखेका थिए ।

Featured