देश

सरकारद्वारा ७६ सहसचिवको सरूवा, अधिकांश प्रदेशमा

काठमाडौं, भदौ ९-विभिन्न सरकारी सेवामा रहेका ७६ जना सहसचिवलाई सरकारले प्रदेशमा सरुवा गरेको छ।

प्रशासन सेवाका ५०, वन सेवाका १०, इञ्जिनियरिङ सेवाका नौ र कृषि सेवाका सात जना सहसचिवलाई प्रदेश तर्फ सरुवा गरेको संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले जनाएको छ।

निवृत्तिभरणका लागि छ महिना मात्रै बाँकी रहेको र बढुवाको प्रक्रियामा रहेका सहसचिवलाई भने प्रदेशमा खटाइएको छैन। मन्त्रालयका प्रवक्ता भुपाल बरालका अनुसार गत बुधबार बसेको मन्त्रिपरिषद् बैठकले सहसचिवहरूलाई प्रदेशमा खटाएको हो।

अधिकांश केन्द्र सरकार मातहत मन्त्रालयमा कार्यरत सहसचिवलाई प्रदेश मन्त्रालयहरूमा पठाइएको छ। संघीयतापछि एकैपटक यति ठूलो संख्यामा सहसचिव पहिलोपटक प्रदेशमा पठाइएको हो।

प्रदेशमा कार्यरत केही सहसचिवलाई भने केन्द्र सरकारका मन्त्रालयमा पनि सरूवा गरिएको छ।

Featured