देश राजनीति

मतदाता नामावली अद्यावधिकमा सहभागी हुन कांग्रेसको सर्कुलर

कांग्रेसले बैशाखमा हुने गरिएको निर्वाचनका लागि मतदाता नामावली अद्यावधिक कार्यक्रममा सहभागी हुन परिपत्र गरेको छ । कांग्रेस केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले ५ माघमा मतदाता नामावली अद्यावधिक कार्यक्रममा सहभागी हुन सबै जिल्ला सभापति परिपत्र गरेका हुन् ।

आयोगले १५ माघदेखि २१ सम्म ७५३ वटै स्थानीय तहमा मतदाता नामावली अद्यावधिक कार्यक्रम सञ्चालन गर्दैछ । त्यसैलाई सहयोग हुनेगरी सहभागी हुन कांग्रेसले परिपत्र जारी गरेको हो । गत साता आयोगले निर्वाचनसम्बन्धी कार्यक्रमबारे दलहरूसँग छलफल गरेको थियो ।

प्रधानमन्त्री केपी ओलीले ५ पुसमा संसद विघटन गरेलगत्तै १७ र २७ बैशाखमा निर्वाचन तोकेको छन् ।  त्यसैलाई मध्यनजर गरेर आयोगले निर्वाचन कार्यक्रम अगाडि बढाएको छ ।

प्रधानमन्त्री केपी ओलीले संसद विघटन गर्नु असंवैधानिक र अलोकतान्त्रिक भन्दै कांग्रेस विरोधमा उत्रिएको छ । निर्वाचन कार्यक्रममा सहभागी जनाउने परिपत्रले कांग्रेस निर्वाचन कि संसद पुनर्स्थापना भन्नेमा अन्योलतामा परेको देखिएको छ ।

Featured