देश मनोरंजन

गायक सुमित खड्काको राष्ट्रिय गीतको एल्बम ‘देशको आवाज’ विमोचन

विराटनगर, ६ माघ । राष्ट्रिय गायक सुमित खड्काको राष्ट्रिय गीतको एल्बम ‘देशको आवाज’ विमोचन गरिएको छ । आज विराटनगरमा एक कार्यक्रमको आयोजना गरी राष्ट्रिय गीतको एल्बम ‘देशको आवाज’ विमोचन गरिएको हो ।

न्यू सृष्टि दैनिकको प्रस्तुति रहेको गीति एल्बमको प्रदेश–१ का मुख्यमन्त्री शेरधन राई, आन्तरिक मामिला तथा कानुनमन्त्री हिक्मतकुमार कार्की, कलाकार दिपाश्री निरौला, नेकपाका केन्द्रीय सदस्य महेश रेग्मी, प्राज्ञ खेम नेपाली, कलाकार दीपाश्री निरौलालगायतले विमोचन गरेका थिए ।

एल्बममा ६ वटा राष्ट्रिय गीत समावेश छ । कार्यक्रममा मुख्यमन्त्री राईले देश र प्रदेशमा देखिएको राजनीतिक अन्योल चाँडै समाप्त हुने बताए । कार्यक्रममा गायक खड्काले एल्बममा समावेश गीतहरु प्रस्तुत गरेका थिए ।

पत्रकारितासँगै साहित्य, कला र संगीतलाई समेत उच्च महत्व दिएको आयोजक न्यू सृष्टि दैनिकका प्रधानसम्पादक शंकर खरेल बताए । विगतमा पनि पत्रिकाले एल्बम र साहित्यिक कृति प्रकाशित गरेको जानकारी दिए ।

Featured