खेलकुद विदेश

वेष्ट इन्डिज विरुद्धको पहिलो टेष्टमा भारतले तीन सय १८ रनको जित

काठमाडौं, भदौ ९-आइसीसी टेष्ट च्याम्पियनसिप अन्तर्गत वेष्ट इन्डिज विरुद्धको पहिलो टेष्टमा भारतले तीन सय १८ रनको जित निकालेको छ।

वेष्ट इन्डिजमा भएको खेलमा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको भारत पहिलो पारीमा दुई सय ९७ रन बनाएको थियो। उसका लागि अजिन्क्या राहाणेले ८१ रन बनायो भने यस्तै रविन्द्र जडेजाले ५८ तथा लोकेश राहुलले ४४ रन थपे।

जवाफमा वेष्ट इन्डिज पहिलो पारीमा मात्र दुई सय २२ रनमा अलआउट भयो। उसका कुनैपनि खेलाडीले अर्धसतक बनाउन सकेनन्। पहिलो पारीमा वेष्ट इन्डिजका लागि सर्वाधिक रन बनाउने खेलाडीमा रोस्टोन चेसले ४८ रन बनाए भने कप्तान जेसोन होल्डरले ३९ रनको योगदान गरे। बलिङमा भारतका लागि इसान्त शर्माले पाँच विकेट लिए।

पहिलो पारीमा ७५ रनको अग्रता बनाएको भारतले दोस्रो पारीमा तीन सय ४३ रन बनाउँदै पारीको घोषणा गरेको थियो। भारतका लागि अजिन्क्या राहाणेले एक सय दुई रन बनाए भने हनुमान विहारीले ९३ रनको पारी खेले। यस्तै कप्तान विराट कोहलीले ५१ रन बनाए। दोस्रो पारीमा भारतको उत्कृष्ट ब्याटिङका कारण वेष्ट इन्डिजले चार सय १९ रनको लक्ष्य पाएको थियो।

तर दोस्रो पारीमा वेष्ट इन्डिज मात्र एक सय रनमा अलआउट भयो। उसका तीन खेलाडीले मात्र दोहोरो अंक छुन सके। जसमा केमर रोचले सर्वाधिक ३८ रन बनाउनु बाहेक अरु कुनैपनि खेलाडीले दोहोरो अंक जोड्न सकेनन्। उसलाई कम स्कोरमा रोक्न जसप्रित बुम्राहले ५ तथा इसान्त शर्माले तीन र मोहम्मद सामीले दुई विकेट लिए।

Featured