देश

पानीमा डुबिरहेको अवस्थामा मृत फेला

विराटनगर, ५ माघ । सुनसरीको रामधुनी नगरपालिका–६ का १९ बर्षीय सुन्दर देवान बराहक्षेत्र नगरपालिका–४ स्थित सर्दुखोलामा मृत अवस्थामा फेला परेका छन् ।

मोरङको बिराटनगर घर भई बिगत ६ बर्ष देखि रामधुनी बस्दै आएका देवान आईतवार अपरान्ह साँढे ४ बजेको समयमा उक्त खोलामा मृत अवस्थामा रहेको भनी खबर प्राप्त भए संगै प्रहरी चौकी भरौलबाट खटिएको प्रहरी टोलीले देवानलाई मृत अवस्थामा फेला पारेको हो । घटना सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाइएको छ ।

Featured