खेलकुद देश

प्रधानमन्त्री कप : बागमतीविरुद्ध १११ रनमै समेटियो पुलिस क्लब

प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय प्रतियोगितामा बागमती टिमविरुद्ध नेपाल पुलिस क्लब १ सय ११ रनमै समेटिएको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारेर ब्याटिङको मौका पाएको पुलिसले २९.३ ओभरमा १ सय ११ रन बनाउँदा सबै विकेट गुमायो ।

उसका लागि सुनिल धमला, कुशल भुर्तेलले १७/१७, दीपेन्द्रसिंह ऐरी र आरिफ शेखले २१/२१ रन बनाए । बाँकी ६ ब्याट्सम्यानले भने दोहोरो अंकमा समेत रन बनाउन सकेनन् ।

बलिङमा नन्दन यादव र तिलक भण्डारीले उत्कृष्ट प्रदर्शन गरे । यादवले ९ ओभरमा एक मेडनसहित ३१ रन दिएर चार र भण्डारीले ७.३ ओभरमा एक मेडनसहित १७ रन खर्चिएर चार विकेट हात पारे ।

त्यस्तै, अर्का तीव्र गतिका बलर रामनरेश गिरीले ६ ओभरमा ३० रन दिएर २ विकेट लिए । समूह ‘बी’मा रहेका बागमती र पुलिस टिमले पहिलो म्याच खेलिरहेका हुन् ।

Featured