देश

विराटनगर महेन्द्र चोकबाट अवैध सामान बरामद

विराटनगर, ४ माघ । भारतको जोगबनीबाट अवैधरुपमा भन्साल छलि गरि ल्याइएको सामान प्रहरीले बराबद गरेको छ । जिल्ला प्रहरी कार्यलयबाट खटिएको प्रहरी टोलीले जिल्ला विराटनगर–११ स्थित महेन्द्र चोक नजिक भारतको जोगवनीबाट नेपालतर्फ अवैध रुपमा भन्सार छली चोरी पैठारी गरी ल्याइएको सामान बरामद गरिएको हो ।

४२ हजार रुपैयाँ बरावरको बिभिन्न लत्ता–कपडा तथा मोटर साईकलमा प्रयोग हुने सामान फेला पारी प्रहरीले आवश्यक कारवाहीका लागि विराटनगर भन्सार कार्यालयमा बुझाएको छ।

Featured