देश

नेपाली आरोहीले बनाए कीर्तिमान, हिउँदमा पहिलाेपटक केटू हिमालको सफल आरोहण

नेपाली आरोहीको समूहले पाकिस्तानमा रहेको के टू हिमालको सफल आरोहण गरेको छ । आरोही निर्मल पूर्जासहितको टोलीले शनिबार बेलुकी सवा पाँच बजे के टू हिमालको सफल आरोहण गरेको हो ।

योसँगै नेपाली आरोहण टोलीले विश्वकीर्तिमान बनाएको छ । यअसघि हिउँद सिजनमा कुनै पनि आरोहण टोली यो हिमालको चुचुरोमा पुग्न सकेको थिएन ।

८ हजार ६ सय ११ मिटर अर्थात् विश्वकै दोस्रो अग्लो के टू हिमाल सफल आरोहण गर्ने नेपाली टोलीमा निर्मल पूर्जा, मिङ्मा डेबिट शेर्पा, मिङमा तेन्जी शेर्पा, ग्याल्जेन शेर्पा, पेम चिरी शेर्पा र दावा तेम्बा शेर्पा, मिङमा जी, दावा तेन्जिङ शेर्पा, किलु पेम्बा शेर्पा र सोना शेर्पा रहेका छन् । हिमाल सफल आरोहणपछि पूर्जाले सामाजिक सञ्जालमा मानव जातिका लागि इतिहास बनेको भन्दै खुसी व्यक्त गरेका छन् ।

Featured