देश

१ वर्षदेखि अड्कियो नागरिकता विद्येयक

काठमाडौं, भदौ ९-संसद्मा पेस भएको एक वर्ष बितिसके पनि नागरिकता विद्येयकको टुंगो लागेको छैन। संसद्बाट विद्येयक पारित नहुँदा संविधानमा राखिएका नागरिकतासम्बन्धी कतिपय नयाँ प्रावधान कार्यान्वयन हुन सकेका छैनन्।

यसले जन्मका आधारमा नागरिकता लिएका व्यक्तिका सन्तान नागरिकता पाउनबाट बञ्चित बनेका छन्। अन्य प्रकृतिका नागरिकता वितरण निरन्तर छ।

संविधानमा व्यवस्था भए पनि कानुन नबन्दा जन्मका आधारमा नागरिकता लिएका व्यक्तिका सन्तानले नागरिकता पाएका छैनन्। यो समाचार आजको कान्तिपुर दैनिकमा प्रकशित छ।