देश

प्रदेश–१ का मुख्यमन्त्री राईले माघ ११ गते विवाह गर्दै

काठमाडौं, २ माघ । प्रदेश–१ का मुख्यमन्त्री शेरधन राईले आगामी माघ ११ गते विवाह गर्ने भएका छन् । उनले काठमाडौंमै माघ ११ गते विवाह गर्न लागेको पारिवारिक स्रोतले जानकारी दिएको छ । अमेरिकामा बस्दै आएकी शेर्पा थरकी युवतिसँग मुख्यमन्त्री राईले विवाह गर्न लागेका हुन् ।

विगतमै मुख्यमन्त्री भएपछि आफुले विवाह गर्ने घोषणा राईले गरेका थिए । पछिल्लो समय प्रदेशसभामा आफ्ना विरुद्ध अविश्वासको प्रस्ताव पेश भएका बेला उनले विवाह गर्ने निर्णय गरेका हुन् । उनको विवाह काठमाडौंमा हुने भएपनि विवाह भोज भने काठमाडौं र विराटनगरमा गर्ने बुझिएको छ ।

Featured