देश

जिल्ला समन्वय प्रमुखसहित पाँच जना जुवाखालबाट पक्राउ

काठमाडौं, २ माघ-रूकुम पूर्वमा जिल्ला समन्वय समिति प्रमुखसहित पाँच जनालाई जुवाखालबाट प्रहरीले पक्राउ गरेको छ । जिल्ला समन्वय प्रमुख गजेन्द्रबहादुर ओलीसहित प्रहरीले पाँच जनालाई जुवा खेलिरहेको अवस्थामा पक्राउ गरेको हो ।

रूकुम पश्चिम मुसीकोट नगरपालिका–१, पातुखोलास्थित एक स्थानीयको घरमा जुवातास खेलिरहेको अवस्थामा प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो ।

जिल्ला समन्वय प्रमुखसहित रूकुम पूर्व पृथा उत्तरगंगा गाउँपालिका–५, का २९ वर्षीय सुभाष घर्तीमगर, सोही गाउँपालिका- १० का ६४ वर्षीय जितेन्द्र बुढामगर, रूकुम पश्चिम त्रिवेणी गाउँपालिका–७, का ४२ वर्षीय लिलबहादुर पुन र मुसीकोट नगरपालिका–१, का ३७ वर्षीय कमललाई प्रहरीले पक्राउ गरेको छ ।

उनीहरूको साथबाट २५ हजार दुई सय रुपैयाँ र तीन गड्डी ताससमेत बरामद गरिएको जिल्ला प्रहरी कार्यालय रूकुम पश्चिमका प्रहरी निरीक्षक कपिल शर्मालेले जानकारी दिए ।

Featured